झन्डै चोरी भयो श्रीपेच : सेनाले जोगायो, चोर्न खोज्ने पक्राउ

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए ।

सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।

शुक्रवार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट-११ का खीमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..