दैलेखमा बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद र ५० हजार जरिवाना

दैलेखमा १६ बर्षिया बालिकालाई बलात्कार गर्ने एक युवकलाई १२ बर्ष कैद र ५० हजार जरिवाना गरिएको छ। दैलेख जिल्ला अदालतले जवरजस्तीकरणी गर्ने दुल्लु नगरपालिका–१३ का २१ बर्षिय डम्बर भन्ने दिनेश विकलाई १२ वर्ष कैद र ५० सजाय तोकेको हो। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट युवालाई ५० हजार क्षतिपूर्ति र १८ सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुेपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए।

विकले २०७७ असार १५ गते जंगलमा बलात्कार गरेका थिए। बलात्कारबाट युवतिले गएको चैत ५ गते छोरी जन्मे दिएकी थिएन्। बच्चा नन्मिएपछि २०७७ चैत १३ गते बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। जिल्ला अस्पताल दैलेखमा गरिएको स्वास्थ्य परीक्षणमा बलात्कार भएको समय र बच्चा रहेको समय मिल्ने गएको देखाएको थियो। सोही आधारमा पीडित बालिकाले पक्षले चैत १३ गते नै प्रहरीमा उजुरी गरेको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..