पत्रकार महासंघका सह-सचिब मापसे गर्दा पक्राउ, छुटाउन प्रहरीलाई दवाव

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सह-सचिव दोरेन्द्र खड्का मापद पदार्थ सेवन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएको छ ।

पत्रकार खड्का र तलकोट घर भएका भरत बिष्टलाई सदरमुकाम चैनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले बताएको हाे ।

पत्रकार खड्का र बिष्टले मादक पदार्थ सेवन गरेर सामाजिक सद्भावमा खलल पुर्याएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

खड्कालाई छुटाउनका लागि जिल्लास्थित केही पत्रकार, नेता तथा विद्यार्थी नेताहरुले प्रहरीलाई दवाव दिई रहेको र दौडधुप गरिरहेको स्रोतले बताएको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगत र जस्को पहरेदारका रुपमा रहेका पत्रकारहरुले यसरी मापसे गरेर गती छोड्नु लज्जास्पद भएको जानकारहरु बताउँछन् ।

हरेक व्यक्ति, विषय र संस्थामाथि प्रश्न गर्ने पत्रकार नै दारुपाटीमा झुमेर प्रहरीले नै पक्राउ गर्ने परिस्थिति आउनु दुःखद भएको जिल्लास्थित एकजना पत्रकार बताउँछन् ।

पत्रकार महासंघ बझाङका पदाधिकारीहरु बारम्बार विवादमा पर्ने गरेकाछन् ।

यस अघि नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव ललित सिंह, सह–सचिव दोरेन्द्र खड्का, सदस्य आषिस सिंह, उत्तम कुमार थापा लगायतहरुको अश्लिल भिडियोले भरीको ग्रुप च्याट बाहिरिएको थियो ।

ग्रुप च्याटमा अश्लिल भिडियो र अश्लिल तस्विर सहित महासंघका सचिव ललित सिंहको अर्ध नग्न भएको तस्विरसहित कान्तिपथ डटकमलाई गोप्य स्रोतबाट प्राप्त भएको थियो ।

यो पनि……

अश्लिल भिडियोले भरीको पत्रकार महासंघ बझाङ शाखाका सचिव, सह-सचिवसहितको ग्रुपच्याट बाहिरियो !

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..