गाउँपालिका अध्यक्षले असइलाई बलात्कारको घटना मिलाउन निर्देशन दिएको अडियो सार्वजनिक, भयो प्रहरी चौकीमा मिलापत्र

बझाङ्गको दुर्गाथली गाउँपालिका वडानं ६ कि एक ३५ वर्षीया महिलालाई स्थानिय देव जाग्रीले बलात्कार गरेको आरोप लागेको थियो ।

उक्त घटना बलात्कार प्रयास नभएर सामान्य हातपात मात्रै भएको भन्दै प्रहरी चौकीमा मिलापत्र गरिएको खुलासा भएको छ । बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराउनु कानुनको ठाडो उलंघन हो ।

तर बझाङमा भने गाउँपालिका अध्यक्षले नै बलात्कारको घटना मिलाउन प्रहरी सहायक निरिक्षकलाई निर्देशन दिएको अडियो कान्तिपथ डटकमले सार्वजनिक गरेकाे छ । बझाङको दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले उनको इलाका प्रहरी कार्यालयका असई महेश धामीलाई निर्देशन दिएको उनले अडियोमा भनेका छन् ।

 

इलाका प्रहरी कार्यालय दुर्गाथली चौधारीले उक्त घटना मिलापत्र गरेको हो । स्थानियले करिब ३ लाखको लेनदेनमा घटना सामसुम पारिएको दाबी गरिरहेकाछन् ।

स्थानिय शालिभान जाग्रीको बयान यस्तो छ, असार २५ गते साँझ करिब ७ बजे स्थानिय पविता जाग्रीले गहुँ चुट्ने भाड बाली सुकाउन बनाइएको सानो टहरो भित्र कोही कराएको सुनिन् । भित्र गएर हेर्दा देव जाग्री र ती महिलालाई आपत्ति जनक अवस्थामा देखिन् । पवितालाई देख्ने वित्तिकै देव जाग्री कपडा च्यापेर भागे । ती महिलाले आफुलाई जर्बजस्ती करणी गर्ने प्रयास गरेको बताइन् । गाउँमा हल्लाखल्ला भएपछि देव जाग्रीका खोजी सुरु भयो । वडाध्यक्ष लगाएत सबैले फरार जाग्रीलाई खोज तलास गरे तर फेला परेनन् । त्यती बेलासम्म गाउँमा बलात्कार प्रयास भएको घटना देश विदेशमा धुवाँसरी फैलिसकेको थियो ।

पिडित महिलाका आफन्तले इलाका प्रहरी कार्यालय दुर्गाथलीमा र गाउँपालिका अध्यक्ष प्रयागराज जोशीलाई समेत फोन गरेर घटना जानकारी गराए ।

पिडित महिला सहित उनका श्रीमान् विरजित जाग्री, भतिज लालबहादुर जाग्री र मकर जाग्री उजुरी दिन भन्दै सदरमुकाम चैनपुरसम्म पुगे । तर घटना भएको चौथो दिन फरार भनिएका जाग्रीलाई एकाएक प्रहरीले स्थानिय बजार विनायकबाट पक्राउ गरिएको बतायो र चैनपुर पुगेका पिडित महिलासहित उनका आफन्तलाई तुरुन्तै इलाका प्रहरी कार्यालयमा हाँजिर हुन भनेर प्रहरीले नै फोन गर्यो । प्रहरीले ती महिला र उनका आफन्तलाई जर्बजस्तीकरणी भएको प्रमाण के छरु पछि तपाईहरुलाई नै गाह्रो पर्ला तुरुन्त यता आउनु भनेर धम्कीपुर्ण भाषा प्रयोग गरेको नाम नखोल्ने शर्तमा महिलाका एकजना आफन्तले भने ।

उजुरी दिन चैनपुर पुगेका पिडित महिलाका आफन्त पनि उजुरी नदिएरै फर्किए । प्रहरी सहयाक निरिक्षक महेश बहादुर धामी, स्थानिय अगुवाहरु र पिडित महिलाका श्रीमानबीच करिब एक घण्टाको गोप्य बसाइुपछि घटनाले स्वरुप परिवर्तन गरेको महिला कै एकजना आफन्त बताउँछन् । एक घण्टाअघि सम्म जर्बजस्ती करणी प्रयास भनिएको घटना एक घण्टापछि सामान्य हातपातमा परिवर्तन भएपछि उनि पनि अचम्म परेको बताउँछन् ।

जर्बजस्ती करणी प्रयास गरेर फरार भएको भनिएका देव जाग्री हातपात मात्रै गरेको भनेर चौकीमा मिलापत्र गरि स–सम्मान घर फर्किएपछि स्थानियबासी पनि चकित भएकाछन् ।

यो घटनाक्रमसँग जोडिएको विषयमा कुराकानी भएका केही अडियोहरु विषेश स्रोतबाट कान्तिपथ डटकमलाई प्राप्त भएकाे हाे । उक्त अडियोमा प्रश्नकर्ताले गाउँपालिका अध्यक्ष प्रयागराज जोशीलाई चुवावनको जर्बजस्ती करणीको केश के भयो अध्यक्ष ज्यू भनेर सोधेका छन् । जवाफमा गाउँपालिका अध्यक्ष जोशी भन्छन्, ‘असइ महेश बहादर धामी०लाई मिलापाँजो मिलापत्र हुने भए त्यसलाई देव जाग्रीलाई चेतावनी दिएर मिलाउनु नभए अगाडि बढाउनु भनेको छु । वडाध्यक्ष धिरज जाग्रीले पनि देव जाग्रीले अरु काम पनि विगारेको छ भनेको थियो । म विरामी भएर धनगढी आएको छु । असईलाई त्याँ भन्या छु ।’

विषेश स्रोतबाट प्राप्त भएको अडियोमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालयले देव जाग्रीबाट ३ लाख लिएर घटना सामसुम पारियो । पिडित भनिएकी महिला र उनका आफन्तलाई समेत पैँसा दिएर घटना मिलाइयो ।’

यता इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरिक्षक महेश बहादुर धामीले जर्वजस्ती करणी प्रयास भनेर निवेदन नपरेको बताएकाछन् । उनि भन्छन्, ‘हामीलाई गाउँमा के भएको थियो थाहा भएन । तर निवेदनमा हातपात गर्यो भनेर उल्लेख गरेको हुनाले मिलापत्र गरेका हौँ ।’

स्थानियहरु अझै पनि मिलापत्र गरिएको घटनाको विरोध गरिरहेकाछन् । बलात्कार प्रयास गर्ने देव जाग्री गाउँमा धनीमानिमा गनिने भएकोले पैँसाको लेनदेन गरेर प्रहरी र स्थानिय अगुवाले मिलापत्र गरे । देव जाग्रीको गाउँ मै पसल छ । अहिले उनको पसलमा कारोबार गर्न पनि स्थानियहरु जान असहज मान्छन् स्थानिय शालिभान जाग्री भन्छन् ।

बलात्कारको घटनामा मिलापत्र गर्नेलाई ३ बर्षको जेल सजाय हुने व्यवस्था मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधिले गरेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..