इमाडोलस्थित नक्कली स्यानिटाइजर उद्योगमा अपराध महाशाखाको छापा !

मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ ।

‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले कान्तिपथ डटकमलाई बताए ।

‘ल्यावमा परिक्षण गर्दा हानिकारक रसायन मिसिएको देखिएको छ’ एसएसपी खापुङले भने, ‘सो कम्पनीका अन्य डिलरमा पनि छापा मारेका छौं ।’

उद्योग संचालक आशिष प्याकुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।

‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको थाहा भएको छ ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले इमाडोलस्थित सितल हाइटमा रहेको सो कारखानामा छापा मारेको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..