देवता कहाँ राख्ने भन्ने विवादमा कुटाकुट हुँदा भाइको मृत्यु, दाजु र भतिज पक्राउ

महोत्तरीमा आफ्नै भाइको हत्या आरोपमा दाजु र भतिज पक्राउ परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका- ७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा रामचन्द्र साह र उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रामचन्द्र लक्ष्मणका दाजु हुन् भने उमेशचाहिँ भतिज हुन् ।

गत बुधबार घरमा कुल देवताको स्थान र पूजा आराधनाका विषयमा दाजुभाइबीच विवाद भएको थियो ।

प्रहरीका अनुसार उक्त विवाद कुटाकुटमा परिणत भएको थियो ।

कुटाकुटमा परी लक्ष्मण घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाडौं पठाइएको थियो । तर, शुक्रबार मृत्यु भएको हो ।

लक्ष्मणको मृत्यु भएपछि विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौंमै पोष्टमार्टम (शव परीक्षण) गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..