हतियार देखाएर पैसा असुल्ने गुण्डा नाइके पक्राउ

robbery fraud acaughtहतियार देखाएर धाकधम्की गर्दै पैसा असुली गर्ने २ गुण्डा नाइकेलाई महानगरीय अपराध महाशाखा, टेकुको टोलीले २०७६/०९/२३ गते ठमेलबाट पक्राउ गरेको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार बाग्लुंगका ३१ वर्षीय देबेन्द्र बहादुर घर्तिमगर र धादिंगका २४ वर्षीय सुजन पौडेल पक्राउ परेका हुन् !

उनीहरु यसअघि पनि पटक पटक पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको छ । २०६४ सालमा रमेश बाहुन, कमल राना, छिरिंग शेर्पा, अनिल लामा, बुद्ध गुरुङ, देवकुमार घर्तिमगर, समेतको टोलीले बरुण लामा र आशिष गुरुङलाई गोलि हानी घाइते बनाएको थियो । सोहि अभियोगमा देबेन्द्र बहादुर घर्तिमगर ज्यान मर्ने उद्योगमा ४ वर्ष जेल बसेका थिए । २०७१ सालमा सुजन पौडेल लगायत गोबिन्द घिमिरे, बिनोद श्रेष्ठ, कमल गुरुङ, अमृत अधिकारी लगायत मिलेर काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए । सोहि अभियोगमा सुजन पौडेल २०७३ सालमा ज्यान मार्ने उद्योगमा धादिंग र नुवाकोट गरि जम्मा ११ महिना जेल बसेका थिए ! उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..