गोलि प्रहारबाट एकको मृत्यु एक घाइते

goli kantipathnews

गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका ५ बस्ने महेन्द्र कुर्मी रहेका छन् । उनलाई रोहिणी गाउँपालिका ५ रोहिणी पुलस्थित भैरहवा धकधई सडकमा अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । कुर्मीको २९ भदौको दिउँसो मृत्यु भएको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले लु.९ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार कुर्मीलाई पछाडिबाट गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना पश्चात तत्काल ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

यता गोली प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका ११ बस्ने रन्जित राय र उमेश साह रहेका छन् । ईश्वरपुर नगरपालिका ११ बस्ने राजेश साहलाई सोही नगरपालिका १० खैराबजार नजिक २७ भदौको साँझ गोली प्रहार गरी घाइते बनाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

राजेश साहले आफ्नो साथमा रहेको पेस्तोल निकाली आफ्ना भाइ उमेश साहलाई देखाएका थिए । उमेशले उक्त पेस्तोल लिई आकाशतर्फ एक राउण्ड फायर गर्दा घरको छतमा सानो प्वाल परेपछि रंजितले पेस्तोल खोसी आफ्नो साथमा राखन खोज्दा पड्किएर राजेशको पेटमा गोली लाग्दा घाइते भएको खुल्न आएको छ । घाइते राजेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..