ट्रकभित्रै बालिका बलात्कार गर्ने चालक र सहचालक पक्राउ

काभ्रेको बनेपा नगरपालिका वडा नं. १२ जनागलमा ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । भदौ २६ गते राती साँढे एक बजे १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ४ दिनपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बलात्कार गरेको अभियोगमा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकको चालक झापाका हर्कबहादुर विश्वकर्मा र सहचालक मोरङका निदिप धिमाल पक्राउ परेका छन् । उनीहरूलाई जबर्जस्ती करणी सम्बन्धि मुद्धामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । उनीहरूले बालिकालाई बलात्कार गरेको स्वीकारेको प्रहरीले जानकारी दिएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..