रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान एक महिलाको शव फेला परेको छ ।
रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो ।

पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए ।

‘प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उनले भने, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ ।’
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..