कानेपोखरी होक्लाबारीकी प्रेमिकाको हत्यामा संलग्न प्रेमी पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरीता सोरेनको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा उनका प्रेमी रतुवामाई नगरपालिका-६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दालाई बुधबार पक्राउ गरेको हो ।

बिहेमा जानेभन्दै वैशाख १७ गते घरबाट हिँडेकी सरीता प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेकी थिइन् । बैशाख १९ गते मकैबारीमा उनको शव फेला परेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ६ महिनायता प्रेममा रहेका सरिताले बिहे गरेर घरमै लैजान भनेपछि विवाद भएको थियो । विवादै क्रममा सुफलले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको देखिएको उनले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..