खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने ३ महिला पक्राउ

एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

घोराहीका एक व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का सीतादेवी थापा, खुमा वली र सुष्मा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले बतायो।

५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको अनुसन्धानबाट खुलेको प्रहरीले बतायो । उनीहरुबाट १७ लाखको चेक पनि बरामद भएको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..