बझाङमा श्रीमतीको कान काटेर हातमा थमाई दिने श्रीमान् पक्राउ

श्रीमतीको कान काटेर हातमा थमाई दिने मनोज नेपाली पक्राउ परेका छन् ।

बझाङमा मदिराले लट्ठिएका श्रीमान्‌ले आफन्तसँग दिउँसो किन हाँसेको ? भनेर श्रीमतीकाे कान काटे

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १ भण्डारका २६ वर्षिया मनोज नेपाली आज जयपृथवी नगरपालिका वडा नं. ७ को कचाली खोला नजिकैवाट प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले गत असार ३० गते आफ्नै श्रीमतीलाई मदिरा सेवनगरी परपुरुषसँग किन हाँसेको भन्दै चक्कुले कान काटेका थिए ।

पिडित मनोज नेपालीकी श्रीमती जानकी नेपालीको कान चक्कुले काटेपछी हातमा राखेर अस्पतालमा गएर जोडी माग्नु भन्दै उनी फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खोज तलासका लागी प्रहरी नै परिचालित भएको भएपनि आज साधा पोसाकमा खटिगएको प्रहरी टोलीले कचाली खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

साथै नेपालीमाथी ज्यान मार्ने उद्योगमा मुद्धा दर्तागरी अनुसन्धाग अघाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

२६ वर्षिया मनोज नेपालीसँंग ६ वर्ष पहिले मागी विबाह गरेकी जानकी नेपालीले बारम्बार घरेलु हिंसा भोग्ने गरेकी थिइन् । विहे गरेको दुइ महिना नवित्दै हिंसाको सिकार हुन पुगेकी उन्ले अहिले हिंसाकै कारण बेलाबेला मानसिक सन्तुलन गुमाउने गरेको जानकी नेपालीका दाई गोविन्द नेपालीले बताए ।

गत असार ३० गते राती पनि मदिराको मातले लट्ठ भएका मनोजले एकजना आफन्त सँग दिउँसो किन हाँसेको ? भनेर उनलाई जे हातमा पर्यो त्यही सामानले कुटेको र आफु बेहोस भएर ढलेपछी चक्कुले कान काटेको उनले बताइन् ।  यति मात्रै नभई कान काटेपछी काटेको ठाँउमा दाँतले चपाएर रगत चुसेको उनले बताएकी छन् ।

अहिले उनको काटिएको कानको शल्यक्रिया भएको छ । शल्यक्रिया सम्पन्न भएको भए पनि कान जोडिने नजोडिने केही निश्चित नभएको जिल्ला अस्पताल बझाङका चिकित्सकहरुले बताएका छन ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..