अदालतमा आलम : पीडितको पक्षबाट १२ र आलमको पक्षबाट २८ वकिलले बहस गर्ने

रौतहटको राजपुर फरदहवा बमकाण्डका आरोपी कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई बयानका लागि अदालत लगिएको छ । आलममाथि प्रहरीले ३ वटा अभियोग लगाएर प्रहरीले ८ सय १८ पेजको प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि उनलाई बयानका लागि अदालत लगिएको हो ।

संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ २७ चैतमा राजपुर फरदहवामा भएको बम बिस्फोटको घटनामा आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमर्ने उद्योग र विस्फोटन भण्डारणको मुद्दामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उद्योग र बम विस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । मंगलबार बिहानै गोला प्रथाबाट इजलाश नम्बर ४ का न्यायाधीश दिपक ढकालको बेन्चमा बयान भइ सकेपछि थुनछेक बहस सुरु हुनेछ । अहिले सदरमुकामको गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

aalam aftab

पीडित तथा वादीको पक्षमा दुई वरिष्ठ अधिवक्ता सहित १२ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् । वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला र दिनेश त्रिपाठीले पीडितको पक्षमा बहस गर्ने बताइएको छ । यस्तै दुईजना वरिष्ठ अधिवक्तासहित आशिक राम कार्की, गोबिन्द शर्मा बन्दी, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओम प्रकाश अर्याल, सतिषराज मैनाली र अमर राउतले पनि पीडितको पक्षमा बहस गर्नेछन् ।
आलमका पक्षमा २८ जना रौतहट जिल्लाकै कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ ।
राजपुर बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नीभट्टामा हालेर जलाएर मारेको आलममाथि आरोप छ । विभिन्न व्यक्तिले घटनाबारे बयान दिए पनि उनले अहिलेसम्म आरोप स्वीकारेका छैनन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..