कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार गर्ने दुई जना पक्राउ

बुधबार राति कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय इयाज अख्तर मुसलमान घाइते भएका थिए । उनीहरु दुवैको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले गोली प्रहार गर्दा घाइते भएको कपिलवस्तुका एसपी नवराज अधिकारीले कान्तिपथ डटकमलाई बताउनु भयाे ।

पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर १ का बर्ष ३९ का ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका वडा नम्बर २, बर्ष ३३ का अहमद अलि पाखिया रहेका छन् ।

घटनास्थलबाट लु १६ प ३४९७ नम्वरकाे २२० सिसीकाे पल्सर माेटरसाइकल  १ थान , ओम प्रकाश यादवले प्रयाेग गर्ने माेवाइल दुई थान, 7.65 MM लेखिएकाे जंगी राउण्ड थान १ र खाेका थान एक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु एसपी नवराज अधिकारीले बताए ।

घटनामा संलग्न फरार  रहेका अभियुक्तको खाेजि कार्य जारी छ भने  प्रहरीले नियन्त्रणमा लिएकाहरु माथि अनुसन्धान जारी रहेको एसपी अधिकारीले जानकारी दिनु भयाे ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..