युट्युब हेरेर बम बनाएर अस्पतालसँग फिरौती माग्ने पक्राउ

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आरोपीहरूलाई सार्वजनिक गरिएको हो।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। परिसरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा खोलावाङका अम्मर बहादुर रोकामगर छन्।

‘त्यसपछि आरोपीहरूले अस्पताल सञ्चालकसँग ३ करोड फिरौती मागेका थिए,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख समेत रहेका एसएसपी सिंहले भने। युट्युब हेरेर दाजुभाई मिलेर बम बनाएको समेत उनीहरुले बयान दिएका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..