अज्ञात समूहद्धारा नेपाल टेलिकमको टावरमा आगजनी

Nepal Telecom Tower kantipath

बैतडीमा अज्ञात समूहले नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा रहेको टेलिकमको टावरमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

आगजनीबाट टावरको व्याट्री, फार्ईवर लगायतमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिए।

तर आगजनी कसले र किन गर्यो भन्ने कुरा खुल्न नसकेको छैन।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसअघि विप्लव समूहले एनसेलका टावरमा आगजनी गरेको थियो।

Kantipath Media

यो छुट्टाउनु भो कि..