नागरिकता लिएकै दिन हत्या आरोपमा पक्राउ

बैतडी प्रहरीले हत्या आरोपमा ४ जना पक्राउ गरेको छ। घटना भएको २४ घण्टाभित्रै उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताएका छन्। उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सुर्नया गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय रामबहादुर मडैले ‘हत्या’ गरेकै दिन नागरिकताको प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानले देखाएको छ। सोही हत्या आरोपमा स्थानीयहरू शंकर सिंह महरा, हरिश सिंह महरा र रामबहादुर महरा पनि पक्राउ परेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले हत्या भएको २४ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको हो। घटनाको आशंकामा ७ जना पक्राउ परेका भएपनि ३ जनालाई भने छाडिएको र पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..