नक्कली नोटसहित एक जना पक्राउ

One arrested with fake notes KANTIPATHNEWS

कैलाली । धनगढीमा नेपाली नक्कली नोट सहित एक जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका- १ स्थित सेती अन्चल अस्पतालको फार्मेसीमा अपरिचित मान्छेले रु. एक हजारको नोट दिई रु. ५ सयको नोट साटी रहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

प्रहरीका अनुसार सुचनाको आधारमा उनको हुलिया अनुसार खोजि गर्दा बुधबार साँझ रु. १ हजारका ४ वटा नक्कली नोट सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका -५ मा स्थाई घर भएर धनगढी उपमहानगरपालिका- १ बस्ने ३४ बर्षिय छेदुराम डगौरा चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई बुधबार पक्राउ गरेपनि बिहिबार मात्र सार्वजनिक गरेको हो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..