सल्यानमा २ लाख अक्सिजन सिस्टम जेनेरेटर किनेर प्लान्ट भन्दै ५१ लाखको बिल

कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ ।

जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा रहेको ड्रागन मेडिटेकले पाएको थियो ।

अलिबाबाको अनलाइन सपमा २ लाख ४६ हजारदेखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी समेत परेको छ ।

स्वास्थ्य सेवा कार्यालय अक्सिजन प्लान्ट खरिदमा भएको अनियमितताबारे छानबिनका लागि चार सदस्यीय टोली गठन गरिएको छ । अनियमितताको विषयमा छानविन गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..