प्रलोभनमा पारेर नेपालीलाई ५ लाख ठग्ने भारतीय पास्टर पक्राउ

नेपालीलाई ठगेको आरोपमा क्रिश्चियन धर्मका भारतीय पास्टर पक्राउ परेका छन्। संखुवासभाकी एक महिलाबाट साढे ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा बिहीबार साँझ काकडभिट्टाबाट भारतीय नागरिक सुरेन्द्र क्षेत्रीलाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ।

उनलाई बिहीबार राति नै काठमाडौं ल्याइएको छ। ठगी कार्यमा उनले चर्चमा रहेका नेपालीलाईसमेत प्रयोग गरेको पाइएको छ। यसरी ठगिएको रकम लिने पोखरा र झापाबाट एक एक जना महिला पनि पक्राउ परेका छन्।

उनीहरुलाई पनि बिहिबार नै काठमाडौं ल्याइएको छ। पक्राउ परेका ती महिलाले भने भारतीय पास्टरले आफूहरुलाई फसाएको बताएका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..