चर्चित पुर्व मन्त्री प्रेम आलेले दिए पत्रकारलाई धम्की

निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई धम्क्याएका छन् ।

पत्रकार मियाँले अन्तर्वार्ताका लागि आलेलाई टेलिफोन गरेका थिए । त्यसक्रममा आलेले आफूलाई दुर्व्यवहार र धम्की दिएको मियाँले बताए । यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले सोमबार विज्ञप्ति जारी गरेको छ ।

कान्तिपुर प्रतिष्ठानले समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासा भएमा त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निवर्तमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भनेको छ । आले मन्त्री हुँदा आफ्ना अभिव्यक्तिका कारण सधैभरि चर्चित नै रहे । उनको नाम काठ तस्करीमा पनि जोडियो ।

आलेले सरकार ७ नम्बर गियरमा चल्छ, मान्छेले रुखलाई अक्सिजन दिने, यो जनमुखी सरकार हो भन्ने भ्रम नराख्न गरेको आग्रह जस्ता कारण चर्चा र निन्दाको शिखरमा रहे । मन्त्री कार्यकालको अन्तिम अन्तिम समयमा अक्सिजनको सिलिन्डरमा आफ्नो टाँसेर पनि उनि चर्चामा रहे ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..