मामाद्वारा भान्जी बलात्कृत

rape

झापाको शिवसताक्षी नगरपालिकामा मामाले भान्जि बलात्कार गरेकाे छ । बलात्कारपछि स्वास्थ्य अवस्था कमजोर भएपछि बालिकाले सबै कुरा आमालाई सुनाएकी थिइन् । बालिकाले आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।  बलात्कार गर्ने मामा अहिले प्रहरी हिरासतमा छन्।

यसगरी असार २ गते आफ्नै घरमा भाडामा बस्ने १७ वर्षकी किशोरीलाई १ वर्षदेखि अनेक धम्की दिएर ५५ वर्षीय विष्णु खड्काले बलात्कार गर्दै आएको खुलासा भयो । घटना बाहिर आएपछि उनी अहिले फरार छन् । यो झापाका प्रतिनिधि घटना हुन् ।

जिल्लामा हुने अधिकांश बलात्कारका घट्नामा चिनेजानकै मानिसबाट बढी हुने देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसगरी ४ वर्षीया बालिकादेखि ७७ वर्षीय वृद्धासम्म बलात्कारको सिकार हुने गरेका छन् । झापामा गत असारदेखि १ सय २७ वटा बलात्कार सम्बन्धित उजुरी दर्ता भएका प्रहरीले जनाको ।

ती मध्ये चिनजान गरेकै व्यक्तिबाट बलात्कृत १ सय १४ जना, नजिकका आफन्तबाट ११ जना र अपरिचितबाट २ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाले ५६ जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ । १ सय २३ जना पक्राउ परेका छन् । १७ जना बलात्कार आरोपि फरार छन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..