बर्दी मै जुवा खेल्ने सर्लाहीका १२ प्रहरी कारबाहीमा

juwa tas

juwa tas

प्रहरी कार्यालयभित्र पोशाकमै जुवा खेल्ने १२ प्रहरी कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय, बरहथवा, सर्लाहीको कार्यालय भित्र प्रहरी कर्मचारीहरुले प्रहरी पोशाकमा जुवाको खाल बनाई तास खेलिरहेको, केही प्रहरी कर्मचारीहरु दर्शक भई तास खेलेको हेरिरहेको र केही प्रहरी कर्मचारीहरुले कमेन्ट्री सहितको मोबाईलबाट भिडियो समेत बनाई रहेको भिडियो प्रशारण भएको सम्बन्धमा गरिएको छानबिनपछि उनीहरुलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी मदन कुँवरले बताए । ।

उक्त घटना सञ्चारमाध्यममा आइसकेपछि गठन गरिएको छानविन समितिले सत्य तथ्य बुझी राय सहितको पेश गरेको प्रतिवेदन अनुसार निम्न स्थानमा दरबन्दी भई उक्त कार्यालयमा कार्यरत निम्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली, २०७१ (संसोधन सहित) बमोजिम अभिलेखमा जनिने गरी कारबाही गरिएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय बरहथवाले प्रहरी निरीक्षक नरेन्द्र कुमार मोरबैताको कमाण्डमा छानविन समिति बनाइ समितिको प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

कारबाहीमा पर्नेहरुमा प्रहरी जवान मोहन थापा, अर्जुन कुमार सिंह, राजकिशोर भण्डारी, गिता चौधरी र सन्तोष कुमार यादवलाई सुरु स्केलमा घटुवासहित अभिलेखमा जनिनेसहित कारबाही गरिएको कुँवरले बताए । साथै विभिन्न स्थानमा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवानहरु सञ्जयकुमार साह र तिलक बहादुर मगरलाई अभिलेखमा नजनिने गरी सख्त चेतावानी दिईएको छ।

अभिलेखमै जनिने गरि पहिलो पटक कारबाहीमा पर्नेमा प्रहरी सहायक निरीक्षक प्रमोद प्रसाद यादब, प्रहरी सहायक निरीक्षक राज कुमार साह, प्रहरी हवल्दार महेश प्रसाद यादब, प्रहरी हवल्दार रामबाबु साह र प्रहरी जवान जित नारायण राय रहेका छन् । बरहथवामा डिएसपी उद्धवसिंह भाट प्रहरी प्रमुख भएर आएपछि शान्ति सुरक्षाको प्रत्याभूति भएको स्थानीय बासिन्दा बताउछन् । जुवा खेल्ने, भिडियो बनाउने, मध्येका केही जनकपुर केही बीरगन्ज, केही बरहथवा भन्दा बाहिर सरुवा भएर गैसकेका भएपनि ईलाका प्रहरी कार्यालय बरहथवाले सरुवा भएर बाहिर गैसकेकाहरु सबैलाई कार्यालय मै झिकाई प्रहरी नियमावली बमोजिम कारवाही गरिएको डिएसपी भाटले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..