मकवानपुर प्रहरीद्वारा एक क्वीण्टल गाँजा सहित ३ जना पक्राउ

हेटौंडामा एक क्वीण्टल गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ट्रकको हुटमा बनाइएको फल्स बटममा लुकाईछिपाई हेटौंडा तर्फ लैजादै गरेको उक्त गाँजा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्रकका चालक आईते बहादुर ठाडामगर, राजकुमार तामाङ र सुबिन रुम्बा रहेको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र राठोरले जानकारी दिए। उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १ स्थित सडकबाट ना २ ख ९८६२ नम्बरको ट्रकसहित पक्राउ गरिएको हो। ट्रक र चालक पक्राउ परेपछि प्रारम्भिक अनुसन्धानबाट अरु दुईजनाको नाम खुलेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..