मकवानपुर प्रहरीद्वारा ९६ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुर प्रहरीले लागुऔषध ९६ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरु हेटौंडा–१० स्थित बजार क्षेत्रबाट कन्टेनरसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सन्तोष आलेमगर, मोसा घलान, उमेश लामा, विष्णु लामा र रोशन मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी सोमन्द्र सिंह राठौरले जानकारी दिए ।

राठोरका अनुसार ना २ ख ५५७९ नम्बरको कन्टेनरमा ल्याइएको गाँजा हेटौंडा–१० भुटनदेवी मोडबाट पक्राउ गरिएको हो। चालक बस्ने सिटपछाडि फल्स बटम बनाई १२ वटा पोकामा ९६ किलो ४ सय ग्राम गाँजा बरामद भएको राठौरले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..