फेसबुकमा गर्लफ्रेन्डकोअश्लिल फोटो/भिडियो पोष्ट गर्ने बैतेश्वरका जिरेल पक्राउ

सामाजिक संजाल फेसबुक तथा ईन्स्टाग्राममा आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरु प्रेमिकासंग विवाद गरे पश्चात मोबाईल समेत खोसी लिई फेसबुक, ईस्ट्राग्राममा अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गर्ने दोलखा जिल्ला बैतेश्वर गाँउपालिका वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौं टोखा, धनेश्वर बस्ने २३ वर्षका सुजन जिरेल पक्राउ परेका छन् ।

काभ्रेको पाँचखालमा लुकिछीपि बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको सहकार्यमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङ्गले बताए । जिरेललाई विधुतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..