सुजिता ठाकुर हत्या प्रकरण: बुबासहित थप तीनजना कर्याप्यै

महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भम्रपुराकी सुजिता ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा उनका बुवासहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुजिताका बुबा पिपरा गाउँपालिका वडानं. ६ रतौली बस्ने वर्ष ५० को कामेश्वर ठाकुर, सुजिताकी नन्द भंगहा नगरपालिका वडानं. १ कबिलाशा बस्ने वर्ष ३५ की अञ्जु ठाकुर र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडानं. २४ बसैहिया बस्ने वर्ष ५५ को प्रमोद मण्डल भन्ने बिनोद मण्डल छन् ।

बुवाको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ ।

यस अघि सोही हत्याको आरोपमा मृतक सुजिताका देवर रुपेश ठाकुर, लोहारपट्टी–७ स्थित भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

रुपेशले उनको हत्या गरेको ,बुवाले घटना लुकाउने प्रयास गरेको , नन्द र प्रमोदले शव लुकाउन मद्दत गरेको कुरा अनुसन्धानका क्रममा खुलेको जनाएकाे छ ।

लोहारपट्टी नगरपालिका वडानं. ७ घर भएकी मुकेश ठाकुरकी श्रीमती सुजाता देवी ठाकुर गत जेठ १९ गतेदेखि वेपत्ता रहेकी थिइन ।

उनलाई सोही दिन उनका देवर, देवरानी, ससुरालगायतका मिलेर हत्या गर्दै शव खेतमा गाडेका थिए भने सो ठाउँबाट पनि जेठ २९ गते शव उत्खनन गर्दै त्यहाँबाट पाँच सय मिटर पूर्वतर्फ निर्माणाधीन पेट्रोलपम्पसँगै रहेको चिरान गोदामको शौचालयको हजमा राखेर माथिबाट प्लाष्टर गरिएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..