पाँचथरको फिदिममा एक ८० बर्षीय वृद्धको हत्या

दुर्गा खनाल/जेठ३०/ पाँचथर ।  पाँचथरको फिदिममा ८० बर्षीय एक वृद्धको धारीलो हतियार प्रयोग गरी हत्या भएको छ ।

फिदिम नगरपालिका वडा नं. ४ जोरसाल नजिकै बसोबास गर्दै आएका टेक बहादुर इङ्वाको हत्या भएको हो ।

उनको टाउको र शरिरमा गम्भीर चोट देखिएको छ।

घरमा श्रीमान श्रीमती मात्र बस्दै आएका थिए ।

आइतबार बिहान बुवा आमा भेट्न भनेर मृतकका कान्छी बुहारी घर आउँदा हत्या भएको थाहा पाएको बताइएको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..