बागलुङको मनकामना मन्दिरबाट ३ लाखको सामान चोरी

dcx

dcx

बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ। अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो। बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट तीन लाख बराबरको सामान चोरी भएको हो।

मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको हो। मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..