टर्की लगेर मान्छे बेच्ने २ जना मानव बेचबिखन ब्युरोद्वारा पक्राउ

jkajsdkasjdkl

jkajsdkasjdkl

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले मानव बेचबिखनमा संलग्न २ जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखा, गोरखा न.पा.-१ स्थायी घर भई हाल तारकेश्वर न.पा. जरंखु डेरा गरी बस्ने जिवन भट्ट र बाग्लुङ जिल्ला, ढोरपाटन न.पा.-४ स्थायी घर भई हाल का.म.न.पा. माछापोखरी डेरा गरी बस्ने पुर्णिमा सिर्पाली बस्नेतलाई पक्राउ गरेको हो ।

स्कुटी दुर्घटनामा बुवाको मृत्यु पश्चात दैनिक गुजारा चलाउन कठिन भईरहेकै अवस्थामा प्रतिवादीहरु मध्येका पुर्णिमा बस्नेतले पिडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई प्रति व्यक्ति १०/१० लाख रुपैंया खर्चमा मासिक ८०/९० हजार तलब हुन्छ भन्दै प्रलोभन दिएकी थिईन ।

पिडितहरुले बुढानिलकण्ठमा रहेको जग्गा बिक्री गरी १० लाख रुपैंया बस्नेतलाई दिएपश्चात सम्पर्क बिहिन भई केही समय पश्चात सम्पर्कमा आउँदा पीडितहरुले हामी बिदेश जादैनौ भनि पैसा फिर्ता माग्दा टर्कीको कार्ड बनिसकेकोले जानैपर्छ भनि दबाब दिएकी थिईन।

बस्नेतले टर्कीमा रहेका आफ्नो बुवासंग पीडितहरुलाई इमोमा सम्पर्क गराई निजको बुवाले भनेअनुसार काठमाण्डौं ताहाचल स्थित श्रम कार्यालय बाहिर काम गर्ने जीबन भट्टलाई भेट्दा टिकट लगायतका कागजातहरु तयार पारी सो बापत ५३ हजार रुपैंया जबरजस्ती लिएका थिए ।

२०७७ साल असोज २२ गते त्रिभुबन अन्तराष्ट्रीय बिमानस्थलबाट TURKISH AIRLINES द्वारा टर्की पुगे पश्चात पुर्णीमा बस्नेतको बुवासंग भेटी निजले काममा लगाई दिन्छु भनि आश्वासन दिई ३ हप्ता आफ्नै कोठामा राखेकोमा पिडित छोरी नेपाल फिर्ता हुन्छु भन्दा नेपाल फर्कन नदिई आमालाई ग्रीस पठाईदिन्छु भनी कोठामै बन्धक बनाई राखेको र छोरीलाई काममा लगाई दिन्छु भनि टर्कीको बोर्डरमा पुर्याई २००० लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको खुलेको छ ।

पीडितले राजदुताबासमा समन्वय गरी दुताबासको समन्वयमा छोरी २०७७ मंसिर ८ गते र आमा २०७७ पौष २६ गते नेपाल फर्किए पश्चातत पीडितले दिएको जाहेरीको आधारमा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका हुन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..