कोरोना संक्रमित र मृतकका परिवारलाई बढी भाडा असुल्ने दुई एम्बुलेन्स चालक पक्राउ

बढी भाडा असुलेको आरोपमा पर्साको बीरगञ्जबाट दुई एम्बुलेन्ससहित तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार कोरोना संक्रमणको विषम परिस्थितिमा संक्रमित र मृत्यु भएका व्यक्तिका आफन्तसँग चर्को शुल्क अशुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय कमरुदिन रायभर र २२ वर्षीय वीरबल मुखिया छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार उनीहरुले तोकिएको भन्दा बढी भाडा असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..