लागुऔषधसहित काँकरभित्ता नाकाबाट २ जना भारतीय महिला पक्राउ

159079869 929057901187725 34

काँकडभित्ता नाकाबाट २ किलो लागुऔषध (अफिम) सहित २ जना भारतीय महिला पक्राउ परेका छन् । नेपाल प्रहरी लागु औषध ब्युरोको टोलीले विशेष सुराकीका आधारमा बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

159079869 929057901187725 34नेपाल प्रहरी लागु औषध ब्युरोका एसपी ऋषिराम कँडेलको नेतृतवमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट २ किलो अफिमसहित भित्रन लागेको सुराकीमार्फत थाहा पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।

सोही अनुुरुप आज बिहान साढे १० बजे उनीहरुलाई काँकडभित्ता नाकाबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सो नाका हुँदै पछिल्लो समय भारबाट लागुऔषध ओसारपसार भइरहेको छ ।

उनीहरुलाई आगुऔषध ओसारपसार सम्बन्धी ऐनमा रहेर कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..