उदयपुरमा झुन्डिएको टिकटक बनाउँदा गोडा चिप्लिएर बालिकाको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का जीतबहादुर बस्नेतकी ११ वर्षीया छोरी सञ्जिता बस्नेतले सलको पासो लगाएको टिकटक बनाउने क्रममा मृत्यु भएको छ । आमाबुबा भान्साकोठामा खाना खाइरहेको समयमा अर्को कोठामा गएर छोरीले टिकटक बनाउन सुरु गरेकी थिइन् ।

एउटा मुढामाथि अर्को मुढा राखेर आफ्नै घाँटीमा सलको पासो लगाएको टिकटक बनाउँदा गोडा चिप्लिएर घाँटीमा पासो कस्सिएपछि मृत्यु भएको हो। उनको मोबइलमा खिचिएको भिडियोको अध्ययन गरेपछि उक्त निष्कर्ष निकालिएको हो । भिडियो फुटेज थप अनुसन्धानको क्रममा रहेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..