नवजात शिशुको हत्या गरेको आरोपमा महिला पक्राउ

arrast 1 S2FuSWylRR

कास्कीको नौ डाँडाबाट आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

arrast 1 S2FuSWylRRबागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी स्थायी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौ डाँडा बस्ने २२ वर्षीया गीता कुँवरलाई ४२ दिनको आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विवाह गरेको ६ महिनामा बच्चा जन्माएपछि ४२ दिनको छोराको हत्या गरेको अभियोगमा महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

उनले छोरोको हत्या गरेको बारेमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

‘महिलाले जन्माएको बच्चाको हत्या गरेको सूचना पाएपछि महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ’ डिएसपी हमालले भने ।

Kantipath Media

यो छुट्टाउनु भो कि..