annapurna add

arrest 1

एक वर्ष अगाडी ७ वर्षीय नाबालिकालाई जबर्जस्ति करणी गरेर फरार रहेका गणेश अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय गीतानगरले पक्राउ गरेको छ । अधिकारी भरतपुर महानगरपालिका वडा नं २१ निवासी वासिन्दा हुन् । उनलाई आज साँझ पार्वतीपुरबाट पक्राउ गरिएको प्रहरी निरिक्षक सुन्दर चौलागाईंले कान्तिपथलाई जानकारी दिए ।

आजै वैदेशिक रोजगार ठगि, भ्रष्ट्राचार, लागु औषध र केहि सार्वजनिक अपराधमा संलग्न रहेर फरार विभिन्न ४ अभियुक्तलाई पनि पक्राउ गरेर चितवन जिल्ला अदालत उपस्थित गराईएकाे छ । ईलाका प्रहरी कार्यालयमा चौलागाईंको हाजिरी भएपछि फरार अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ । उनि हाजिर भएको १४ दिनमा ११ फरार अभियुक्त पक्राउ परेका छन् ।

साथै छोरासहित राप्ती नदीमा हामफालेकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उनको डेढ वर्षीय छोरा भने मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार आज अपराह्‍न साढे २ बजे भरतपुर महानगरपालिका २२ की हेमन्ती बोटेले मादक पदार्थ सेवन गरी घरनजिकैको राप्ती नदीमा आफ्नो डेढ वर्षको छोरासहित हामफालेकी थिइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार