annapurna add

cow dead

गाई मारेको आरोप बैतडीमा एकजना पक्राउ परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ६ स्थित खानेपानीको मुहानमा ११ वटा गाई मारेर फालेको भेटिएपछि प्रहरीले पुर्चौडी ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ । प्रहरीले सोही वडाका सुरेश पार्कीको भने खोजी भइरहेको बताएको छ ।

पाटन नगरपालिकाबाट प्रति गाई २५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ । नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि २५ सय रुपैयाँका दरले २९ वटा गाई जिम्मा लगाएको थियो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...