annapurna add

Sun Parsa.jpg1602927592पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको एउटा अपार्टमेन्टबाट २२ किलो सुन बरामद गरिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार भारतीय नागरिक अशोककुमार सिंहाको अपार्टमेन्टबाट सुन बरामद भएको हो ।

वीरगञ्ज–६ स्थित रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरेको हो ।

२२ किलो ५६७ ग्राम सुन निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा प्रहरी छापा मारेको थियो । बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।

अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे।

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो। तर, सिन्हा भने फेला परेका छैनन्।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...