annapurna add

APF LOGO

सशस्त्रका अधिकृतहरुले अन्तर्राष्ट्रिय सीमा जस्तो संवेदनशील विषयमा सरकारको प्रवक्ता जसरी बोलेका छन् । जसमा एक डिएसपीसहित तीन अधिकृतमाथि सशस्त्र प्रहरी बल, मुख्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । ३३ नम्बर गुल्मका डिएसपी मोहनजंग कार्की, पशुपतिनगर बिओपीका इन्सपेक्टर नवीन खतिवडा तथा हिल्सा बिओपीका इन्सपेक्टर सुरज केसीमाथि कारबाही सुरु भएको हो । उनीहरुले माथिल्लो निकायबाट अनुमति समेत नलिई सीमा जस्तो संवेदनशील विषयमा सञ्चारमाध्यममा आफ्नो अभिव्यक्ति दिएका थिए ।

यता ३२ नम्बर रक्तकाली गण सुर्खेतका गणपति दिग्बिजय सुबेदी कारबाहीमा परेपनि उनको कार्यशैली सुध्रिएको छैन । । १२ नम्बर गण बारामा रहंदा लकडाउनको समयमा भारतबाट बारा स्थित एक उधोगका कर्मचारी ल्याउंदा अबैध रकम असुलेको खुलेपछि उनीलाई कारबाही गरि हटाइएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बलको मनाङ गुल्ममा अत्यधिक कर्मचारी बिदा छोडेर राशनमा बदमासी गरेको खुलेपछि छानबिन सुरु भएको छ । सो गुल्मका गुल्मपति सशस्त्र प्रहरीका डिएसपी होमनाथले यस्तो बदमासी गर्दै आएका हुन् । झण्डै एक सय २० भन्दा बढी कर्मचारी रहेको सो गुल्ममा ५०÷५५ जना नियमित रूपमा बिदामा रहने गरेका छन् । दुर्गम जिल्ला भएकोले खासै कसैको नजर नपर्ने भएका कारण उनको मनपरी बढेको स्रोत बताउंछ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...