Hidden
छठ पुजा गर्ने पोखरीमा छिमेकीलाई बन्दुक ताक्ने युवक पक्राउ
सिरहामा कटुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। शनिबार बिहान ७ बजे औरही गाउँपालिका-५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट एक युवक पक्राउ परेका हुन् पक्राउ पर्ने युवक सोही वडाका २२ वर्षीय रबिन दास हुन्।
दासले पोखरीमा आफ्ना छिमेकी ४२ वर्षीय विनोदकुमार यादवलाई बन्दुकले ताकेका थिए। छठ पर्वको पुजा भइरहेको ठाउँमा उनीहरू दुबैबीच वादविवाद हुँदा दासले बन्दुक निकालेर यादवको कञ्चटमा ताकेका हुन्।
प्रहरीका अनुसार उनीहरूबीच व्यक्तिगत दुश्मनी थियो। बन्दुक ताकेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनलाई पोखरीबाट नियन्त्रणमा लिएको छ। बन्दुकमा एक राउन्ड गोली लोड भएको अवस्थामा बरामद भएको प्रहरीले बतायो । प्रहरीले दासबाट अन्य दुई गोली पनि बरामद गरेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...