annapurna add

116100844 3153694464737345 9054296115255422764 n

चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १२ का २६ वर्षीय रमेश कमरले चेक रिपब्लिक पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद रु. ११,१३,००० (एघार लाख तेह्र हजार ) लिई रकम ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि महानगरीय अपराध महाशाखामा उजुरी परेको थियो । अनुसन्धानका क्रम निजले अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भनि रु.१८,००,००० ( अठार लाख) विगो रकम ठगी गरेको खुल्न आएको हुँदा सो ठगी कार्यमा संलग्न रमेश कमरलाई महाशाखाबाट खटिइएको प्रहरी टोलीले २०७७/०४/१४ गते पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले कान्तिपथलाई जानकारी दिए । उनलाई थप अनुसन्धानको लागी काठमाण्डौ प्रहरी परिसर पठाईएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...