annapurna add

Gangs involved in flesh trade in Haryana fixing clients in fake rape cases india news

करणी उद्योग मुद्दामा होस्टाइल भएपछि एक युवतीलाई चितवन जिल्ला अदालतले सजाय सुनाएको छ। आफूमाथि करणी उद्योग (प्रयास) भएको भन्दै प्रहरी समक्ष झुठा किटानी जाहेरी दिएको र पछि अदालत समक्ष आफूमाथि कुनै अपराधजन्य कार्य नभएको भन्दै बकपत्र गरेपछि प्रतिवादीलाई सफाइ दिँदै जाहेरवाली युवतीलाई सजाय तोकेको हो।

न्यायाधीश हेमन्त रावलको एकल इजलासले युवतीलाई एक महिना कैद र ६३ हजार रुपैयाँ क्षतिपूर्ति प्रतिवादी विवेक पंगेनीलाई भराइ दिन आदेश दिएको छ। युवतीको गतल कार्यका कारण सरकारी स्रोत साधनको अपव्यय भएको र फौजदारी न्याय प्रणालीप्रति नै आम नागरिकको विश्वास घट्ने कार्य गरेकाले युवतीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) (क) र (ख) बमोजिम एक महिना कैद र क्षतिपूर्ति तिराउनु परेको ठहर गरेको छ।

अदालतको फैसलामा उल्लेख गरिएको छ, ‘अतः प्रभाव र परिणामको विचारै नगरी जबर जस्ती करणीको उद्योग जस्तो व्यक्तिको चरित्र र व्यक्तित्वमाथि गम्भीर असर पर्ने प्रकृतिको झुठो आरोप लगाई झुठो जाहेरी दिने र अदालतमा आइ त्यस प्रतिकुलको बकपत्र गर्ने जाहेरवालाको झुठो जाहेरीले फौजदारी न्याय प्रणालीको दुरुपयोग भएको अवस्था र यसले न्याय व्यवस्थामा पारेको प्रतिकुल प्रभावले निर्दोष व्यक्तिले अनाहकमा दुख पाएको अवस्था र झुठो जाहेरीका कारण अनुसन्धान र अभियोजनका क्रममा सरकारी स्रोत, साधन, समयको अपव्यय हुनुका साथै न्याय प्रणालीप्रति नागरिकको भरोसा र विश्वासमा समेत प्रतिकूल असर पुगेको देखिने अवस्था हुँदा।’

अदालतले युवतीको जाहेरीका कारण युवक २०७६ मंसिर २ गतेदेखि २१० दिन नगरेको नबिराएको कसुरमा थुनामा बस्नु परेकाले प्रति दिन ३०० सयका दरले हुन आउने ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ। ‘निजले दिएको सोही जाहेरीको आधारमा पक्राउ परेका प्रतिवादी विवेक पंगेनी हालसम्म जाहेरवालाकै भनाइ बमोजिम नगरेको नबिराएको भनिएको कसुर अपराधमा निजले कारागारमा रहनु परेको अवस्था र सो अवस्थाले निजको सामाजिक प्रतिष्ठामा पुग्न गएको क्षति निजलाई पर्न गएको मानसिक तनाव र असर समेतका दृष्टिले जाहेरजवाले दिएको झुठो जाहेरीलाई जाहेरीको उल्लेखित परिणाम समेतका कारणले सहज र सामान्य मान्न सकिएन, फैसलामा लेखिएको छ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...