annapurna add

samjhana kami 2

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएकाे छ। बालिकाको बुधबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको थियो ।

प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई पक्राउ गरेको छ। मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी १२ वर्षीया सम्झना कामी बुधबार पशु चौपाया बाँध्न सिमछानामा गएकी र राती अबेर सम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो ।

बालिकाको शरीर भरी निलडाम र नग्न अवस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले बताए । उनका अनुसार बालिकाले कानमा लगाएका सुनका गहना समेत लुटिएकाे छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार