annapurna add

sp taskar pakrauiकपिलवस्तुको प्रहरी कमाण्ड सम्हाल्न गएका एसपी नवराज अधिकारीले धमाधम अवैध काम गर्नेमाथि एक्सन चाल्न सुरु गरेका छन् । जिल्ला प्रवेश गरेसंगै सर्वसाधारण कुट्ने एक वडाध्यक्षका छोरालाई प्रकाउ गरेर कामको सुरुवात गरेका एसपी अधिकारीले आइतबार भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा एक ट्रक अवैध सेतो केराउ पक्राउ गरेका छन् ।

बेला बेला भारतबाट विना भन्सार नेपालमा केराउ आयात गर्ने गिरोह सक्रिय रहेको खबरको सूचना प्रहरीसँग थियो । कपिलवस्तु प्रहरीले अहिलेसम्म यति ठूलो परिमाणमा केराउ बरामद गर्न सकेको थिएन । यद्यपि एसपी अधिकारीको जिल्ला आगवनसंगै आइतबार ठूलो परिमाणमा केराउ बरामद भएको हो ।

मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित एक ट्रक सेतो केराउ बरामद गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताए । चाकरचौडाबाट पकडी तर्फ आउँदै गरेको लु १ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा सेतो केराउ चोरी निकासी गरी ल्याउँदै गरेको भन्ने खबरका आधारमा इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको उनले बताए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा ट्रक भित्र रहेको ५ सय ३० बोरा अवैध ढंगले कपिलवस्तु भित्राइएको पाइएको प्रहरी उपरिक्षक अधिकारीले जनाए । बरामद गरिएको केराउको मूल्य तेह्र लाख पच्चीस हजार बराबरको रहेको उनले बताए । अहिले उक्त ट्रकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौली पठाइएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...