annapurna add

adasasadad

महानगरीय अपराध महाशाखाले प्रहरीको बर्दी लगाएर पैसा असुल्दै हिड्ने रामेछाप जिल्ला खाँडादेबी गाउँपालिका वडा नं. ०६ का गोबिन्द खड्कालाई पक्राउ गरेको छ । उनि विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको Rain coat, प्रहरीको T-shirt, Name plate, लगाई प्राय रातको समयमा प्रहरी हुँ भन्दै काठमाण्डौ उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा व्यवसायीलाई प्रभाबमा पार्दै आर्थिक लाभ लिंदै आएका थिए । खड्कालाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले कान्तिपथलाई जानकारी दिए । उनको खास पेशा हार्डवेयर सामान डेलिभरी गर्ने कुरा अनुसन्धानबाट खुल्न आएको छ ।

खड्काको साथबाट बरामद सामानहरु:-
१. KENWOOD लेखिएको 144 MHZ( made in Singapore) को सञ्चार सेट थान-: १
२. ALINCO लेखिएको Japan Made सञ्चार सेट थान-: १
३. गोबिन्द खड्का लेखिएको Name plate थान-: १
४. नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरु ।
५. सुरक्षा निकायले लगाउने बुट-: २ जोर
६. गोबिन्द खड्काको मतदाता परिचय पत्र -: १
७. सिठि थान-: २
८. बा ७८ प १६२ नं. को मो.सा. थान -; १
९. सवारी चालक अनुमति पत्र थान-१
१०. बिभिन्न ब्राण्डको मोवाईल थान-४

dipak ssp khadavddkok

प्रकासित मिति

Loading...
Loading...

 

Loading...