annapurna add

handcuffs 656516

काठमाडौैंको कीर्तिपुरमा घरबेटीको कुटाईबाट डेरामा बस्नेएक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजंगल स्थित प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने देश भारतका शम्भु चौधरी भन्ने शम्भु महतोको मृत्यु भएको हो ।

घरधनि प्रेमकृष्ण महर्जन बिच पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा घरधनि प्रेम कृष्ण महर्जनले निज शम्भु चौधरी भन्ने शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले शरिरमा प्रहार गरी सख्त घाईते भएको र उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौं परिसरका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

पक्राउ पर्नेहरुमा प्रेम कृष्ण महर्जन, छोराहरु परमेश्वर महर्जन र प्रमोद महर्जन रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर