annapurna add

dsp kumod jokajk

जिल्ला अदालत काठमाडौंले गरेको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमोद ढुङ्गेललाई एक लाख धरौंटी माग गरेको छ ।

आपराधिक गतिविधीमा जोडिएपछि डिएसपी ढुङ्गेलविरुद्ध एक बर्ष अगाडी जिल्ला अदालत काठमाडौंमा लुटपाटको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा थुनछेक पछि जिल्ला न्यायधिश कोमलप्रसाद आर्चायले डिएसपी ढुङ्गेललाई साधारण तारेखमा छाड्ने आदेश दिएका थिए।

सरकारी वकिल कार्यलयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै एक लाख रुपैंया धरौटी माग गरेको हो। ‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले डिएसपी ढुङ्गेलसँग गत साता धरौटी माग गरेको छ।

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो। तर उच्च अदालतको आदेशले डिएसपी ढुङ्गेल पुनः निलम्बन हुने भएका छन्।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...