annapurna add

2021 01 21 aljfkdgm

मोरङमा शिक्षक हत्या आरोपमा एक जना विप्लव माओवादीका नेतालाई पक्राउ परेका छन् । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज धनबहादुर विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले उद्योगी व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको जानकारी दिए । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल, त्यसको म्यागजिन र तीन थान गोली बरामद भएको छ । गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक श्रेष्ठको घाँटी रेटेर जंगलमा विभत्स हत्या गरिएको थियो । पक्राउ परेका विकबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...