annapurna add

cib sahakul thapa scaled copy

करिब डेढ महिनाअघि एक व्यक्ति सिआइबी पुगे । उनी घुसको प्रस्ताव लिएर गएका थिए । त्यो पनि करोड रुपैयाँको । नेपाल इन्जिनियरीङ कलेजको अनियमितता सम्बन्धि घटनामा पूर्व सञ्चालकहरुलाई कारबाही रोकिदिनुप¥यो भन्दै ती व्यक्तिले एक करोड घुसको प्रस्ताव गरेका थिए ।

सिआइबीले उनलाई पक्राउ ग¥यो । सिआइबीले एक सर्तमा उनलाई छाड्ने प्रस्ताव राख्यो । सो कलेजका पूर्व अध्यक्ष लम्बोधर न्यौपानेलाई पक्राउ गराए उनलाई नथुन्ने । त्यसमा उनी सहमत भए । तिनै बिचौलियाले न्यौपानेलाई भेट्न बोलाए र त्यही बेला उनी सिआइबीको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ७९ लाख घुस खुवाउने व्यक्ति पनि उनै न्यौपाने हुन् । कलेजको अनियमितता लुकाइदिने तत्कालिन आयुक्त राजनारायण पाठकलाई घुस खुवाएका थिए । जून घटनामा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ ।

कलेजको ८ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआइबीमा जाहेरी दिएका थिए, करिब तीन करोड न्यौपानले ठगी गरेको कलेजले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...