annapurna add

Rape Crime.jpg

चन्द्रागिरी नगरपालिकाकी २३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१३ का ३८ वर्षीय वीरबहादुर मगर छन् । बलात्कारपछि फरार जितन रामको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मगरले ती महिलालाई बुधबार जबर्जस्ती करणी गरेको उजुरी आएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मगरले ती महिलालाई बलात्कार गर्दाको भिडियोसमेत बनाएर ब्ल्याकमेलिङ गरेको प्रहरीको भनाइ छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...